4 years ago
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।

गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोडिन् ।
रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता लिएको रोयल दोश्रोमा ६–६ को बराबरीमा रोकियो । रोयलले तेश्रोमा १७–० र चौथोमा ६–४ को प्रदर्शन गर्दै जित अन्तर फराकिलो बनायो । रोयलले २५ हजार तथा जेभियरले १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
सानागाउँस्थित आयोजक रोयलकै कोर्टमा भएको प्रतियोगितामा रोयलकी मिना गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । आईएसए नेपाल उदीयमान टिम चुनियो । विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ र जिएएका अध्यक्ष प्रकाशबाबु केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगितामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]