default_image

4 years ago

May 26, 2022

नेपाल टिम च्याम्पियन

220 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो ।

नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण हात पा¥यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा नेपालका प्रदीप राई तथा महिलामा नेपालकै एन्जिला डंगोल उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई राखेप सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरसकृत गरे । आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाका अनुसार प्रतियोगितामा करिब ६ सय खेलाडीले विभिन्न ४६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.