default_image

4 years ago

May 28, 2022

संस्कृति र ज्ञान टाइगर फाइनलमा

257 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – संस्कृति र ज्ञान टाइगर पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।

बानेश्वरस्थित आयोजक पाठशाला नेपाल फाउन्डेसनको कोर्टमा संस्कृतिले ह्वाइटफिल्डलाई २१–१७ ले पराजित ग¥यो । संस्कृतिका सुशान्त अधिकारीले १० अंक योगदान गरे ।

पहिलो क्वाटरमा २–६ ले पछि परेको संस्कृति दोश्रोमा २–२ को बराबरीमा रोकियो । तेश्रोमा ८–४ र चौथोमा ९–५ को अग्रता लिदै संस्कृतिले समग्रमा ४ अंकको जित हात पार्दै फाइनल यात्रा तय ग¥यो । आदर्श कार्कीको १४ अंक सहयोगमा ज्ञान टाइगरले राजश्री गुरुकुललाई ४४–३४ ले हरायो ।

ज्ञान टाइगरले पहिलोमा १७–५ को अग्रता लियो भने दोश्रोमा १२–१३ को झीनो अन्तरले पछाडि प¥यो । ज्ञान टाइगरले तेश्रोमा १३–६ को प्रदर्शन ग¥यो । चौथोमा राजश्रीले १०–२ को अग्रता बनाएपनि जित हात पार्न सकेन । फाइनल आइतबार हुने छ । पहिलो हुनेले १५ हजार तथा दोश्रोले ८ हजार नगद पुरस्कार पाउने छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.