4 years ago
May 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा शनिबार स्वर्ण जितेका छन् ।

रेहान पुरुष तथा रसुगी महिलामा पहिलो भएका हुन् । रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढा मगरलाई पछि पारे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५५ केजीमा नेपालकी पुष्पका लामाले नेपालकै सन्जिवनी कार्की, ६१ केजीमुनि नेपालकी निरुता श्रेष्ठले नेपालकी जुनु विशंखे तथा ३३ केजीमा नेपालकी प्रतिक्षा तामाङले भारतकी अस्विनी पवारलाई पराजित गर्दै स्वर्ण जिते ।
नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगिताको पुरुष ४५ केजीमा नेपालका अनिश खड्काले नेपालका लेखराज घिमिरे, ४० केजीमा नेपालका इरफान वस्ताले भारतका अभिमन्यु तथा ३० केजीमा नेपालका अनिल रोकाले भारतका अद्नान मल्भीलाई हराउदै स्वर्ण जिते । प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]