4 years ago
May 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कांस्य जित्यो । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोश्रो भयो । १ स्वर्ण, ६ रजत र ४ कांस्यमा भारतको टिम एमपीले तेश्रो स्थानमा चित्त बुझायो ।
प्रतियोगिताको पुरुषमा नेपालका सुशान्त हुमागाईं तथा महिलामा भारतकी सोनम विकी उत्कृष्ट खेलाडी घोषित भए । सुदूरपश्चिम प्रदेश अनुशासित टिम चुनियो भने मार्च पास्टमा रुपेन्देही अब्बल रह्यो ।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङ, महासचिव हरिशरण केसी, आयोजक डोजोका प्रमुख गजेन्द्र खपाङ्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका करिब १ हजार खेलाडीले २६ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]