default_image

3 years ago

June 9, 2022

जयपुर जाने एसकेडियुएन टोलीलाई बिदाई

241 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोलीलाई बिहिबार राखेपमा बिदाई गरेका छन् ।

टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना ब्यक्त गरे । प्रशिक्षक चित्र प्रसाद श्रेष्ठको नेतृत्वमा जयपुर जाने टोलीमा एक ब्यवस्थापक, ७ महिला र ९ पुरुष गरि १६ खेलाडी, ४ रेफ्रि र एक अफिसियल गरि २३ सदस्य रहेका छन् ।

जुन १४ देखि २२ सम्म हुने प्रतियोगितामा खेलाडीतर्फ बर्षा केसी(१३ बर्ष), झरना केसी(१४ बर्ष), एन्जिला राई (१५ बर्ष), शर्मिला वाईवा (१७ बर्ष), बर्ष बुढा मगर (५० केजी), पुष्पका लामा (५५ केजी), अरिका गुरुङ (६८ केजी माथि), सुरोज राजबाहक (१५ बर्ष), शाहिल घले (१६ बर्ष), रुपक श्रेष्ठ (१७ बर्ष), सम्मान श्रेष्ठ (५० केजी), साजन बल (५५ केजी), सन्तोष श्रेष्ठ (६० केजी), सुरेन्द्र तामाङ (६८ केजी), पासाङ ग्याल्जेन थोकर (७५ केजी), संजय महर्जन (८४ केजी माथि) रहेका छन् ।

यस्तै ब्यवस्थापकमा संजय महर्जन, अफिसियलमा पुरुषोत्तम महर्जन, रेफ्रि तर्फ बिकास राजवाहक, गोविन्द श्रेष्ठ, नविन महर्जन, दिनेश तामाङ रहेका छन् । टोली भोली शुक्रबार विहान त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.