3 years ago
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्यान्डले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २५–१३ ले पराजित ग¥यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले १० अंक जोडिन् । भ्याली पब्लिक र एचएचसीएबीचको अर्को सेमिफाइनल सोमबार हुने छ ।
जुनियर ब्वाइजमा स्काइलार्कले आयोजक बीएनएलाई १३–७ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । स्काइलार्कका रोजश रायमाझीले ६ स्कोर गरे । सोही स्पर्धामा इडेन ब्रिज एकेडेमी (इबीए) ले स्किब्सलाई २८–१३ तथा ग्रिनल्यान्डले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २६–१४ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान बनाए । इबीएका एलेक्स राईले १० तथा ग्रिनल्यान्डका लक्की तामाङले ९ अंक बटुले ।
सिनियर ब्वाइजमा स्किब्सले नेपाल मोडेललाई ३७–२१ तथा बीएनएले ओडिसीलाई ४२–१९ ले निराश पार्दै क्वाटरफाइनल यात्रा तय गरे । स्किब्सका युनिक लिम्बूले १४ तथा बीएनएका सन्देश खड्काले २४ अंक जोडे । अर्को लिग खेलमा हिमरश्मीले भद्रकालीमाथि १३–१० को कठिन जित दर्ता ग¥यो । हिमरश्मीका विनोद लामाले १० स्कोर गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]