3 years ago
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्टको दुवै टोली पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सामेबार सेमिफाइनलमा प्रवेश गरेको छ । एन्जल्स हार्टको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगेको हो ।

बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर ब्वाइजको क्वाटरफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३७–३२ ले पराजित ग¥यो । एन्जल्स हार्टका लिजेन्ड क्षेत्रीले १६ अंक जोडे ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले ओडिसीलाई १४–४ ले हरायो । विजेताका प्रतिक कँडेलले ६ स्कोर गरे । त्यसै स्पर्धामा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई १५–११ ले पाखा लगायो । ग्रिनल्यान्डका कुशल खतिवडाले ६ अंक जोडे । सेमिफाइनलमा एन्जल्स हार्टको भेट स्काइलार्कसंग हुनेछ भने ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) विरुद्ध खेल्नेछ ।
सिनियर ब्वाइजमै एचएचसीए, भ्याली पब्लिक र ग्रिनल्यान्ड पनि सेमिफाइनलमा पुग्न सफल भए । एचएचसीएले लालीगुराँसलाई २६–२२, भ्याली पब्लिकले गोल्डेनपिकलाई ३६–२९ र ग्रिनल्यान्डले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई ४७–४४ ले पन्छाए । सेमिफाइनल एन्जल्स हार्ट र भ्याली पब्लिक तथा एचएचसीए र ग्रिनल्यान्डबीच हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]