3 years ago
June 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङ र प्रतिमा शेर्पा ओलम्पिक दिवस २०२२ को उपलक्ष्यमा आयोजना गरेको राष्ट्रिय गल्फ च्याम्पियनसिपको फाइनल राउण्डमा पुग्न सफल भएका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्णपदक विजेता तामाङले राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यमाथि ७ अण्डर ६५ को स्कोर बनाएर ९ स्ट्रोकको अग्रता लिएका छन् । सद्भावले बिहीबार १ ओभर ७३ सहित कुल ४ अन्डर १४० स्कोर गरेका छन् । २७ ओभर १७१ सहित किसन परियार तेस्रो स्थानमा रहेका छन् । उनले बिहीबार ११ ओभर ८३ स्कोर गरे । रणदीप थापा १३ ओभर ८५ बनाएर ३२ ओभर १७६ रनमा छन् ।
महिला गल्फर प्रतिमा शेर्पा ६ ओभर १५० को कुल स्कोरका साथ महिलातर्फ अग्रतामा छिन् । उनले बिहीबार ६ ओभर ७८ रन बनाएकी कश्मिरा शाहमाथि आठ स्ट्रोकको अग्रता लिएकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, आर एन्ड ए र गोकर्ण फरेस्ट रिसोर्टको सहयोगमा नेपाल गल्फ संघले आयोजना गरेको ५४ होल प्रतियोगिता हो । यू–२१ र महिलाको विश्व वरीयता प्रतियोगितामा १४ पुरुष र १६ महिला गरी ३० गल्फर सहभागी छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]