default_image

2 years ago

June 16, 2022

बलियो नेपाल : लुम्बिनी प्रदेश र मधेश प्रदेश विजयी

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलियो नेपाल न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा जारी बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगिताको दोस्रो दिन बलियो लुम्बिनी प्रदेश र बलियो मधेश प्रदेश बिजयी भएका छन्।

तल्लो मुलपानी मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार पहिलो खेलमा बलियो लुम्बिनी प्रदेशले बलियो गण्डकी प्रदेशलाई ३५ रनले पराजित गर्यो । टस हारेर ब्याटिङ निम्तो पाएको बलियो लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनायो । रौनक श्रीवास्तवले सर्वाधिक ५३ तथा सन्दीप गौतमले २९ बनाए ।

बलियो गण्डकीका सूर्य विकले तीन विकेट लिए । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको बलियो गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९५ रन बनाउन सक्यो । गण्डकीका कप्तान सिब्रिन श्रेष्ठले ३२ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्। बलियो लुम्बिनीको बलिङ्ग तर्फ खेलको प्लेयर अफ द म्याच चुनिएका कारण घर्ती मगरले १३ रन खर्चिएर पाँच विकेट लिए ।

दोस्रो खेलमा बलियो मधेश प्रदेशले बलियो बागमती प्रदेश माथि ८ विकेटको सहज जित दर्ता गर्यो । टस जितेर ब्याटिङ रोजेको बलियो बागमती प्रदेश १६.३ ओभरमा ५० रनमा अल आउट भयो । उसका लागि श्रेयान्शु कोइराला र रोमन बिस्टले समान १०-१० रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्। मधेश प्रदेशका अजय यादव र अफारुद्दीन रेनले समान तीन तीन विकेट लिए ।

जितको लागि ५१ रनको सामान्य लक्ष्य बलियो मधेश प्रदेशले ७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । उसका रंजन यादवले अविजित ३० रन तथा राहुल महतोले १४ रनको योगदान गरे। खेलको प्लेयर अफ दि म्याच बलियो मधेश प्रदेशका अफारुद्दीन रेन घोषित भए।

प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम दिनको पहिलो खेलमा शुक्रवार बलियो लुम्बिनी र बलियो प्रदेश १ तथा दोस्रो खेलमा बलियो ११ र बलियो मधेश भिड्ने छन्।

May 18, 2024

सिता ललितपुर मेयर्स कपमा उत्कृष्ट खेलाडी घोषित

काठमाडौं (हाम्रो खेलकुद) – उपाधि विजेता नेपाल एपिएफ क्लबकी कप्तान तथा अल-राउण्डर सिता राना मगर ललितपुर मेयर्स टि-२० च्याम्पियनसिप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएकी छन् । एपिएफले चौथो पटक उपाधि प्रतियोगितामा सिता अल-राउण्ड प्रदर्शनका साथ उत्कृष्ट खेलाडी घोषित भएकी हुन् । सिताले प्रतियोगितामा ५ खेलमा १४२ रन प्रहार गर्नुका साथै ४ विकेट समेत लिन […]

May 16, 2024

कोशीको अन्तिम खेलमा पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर मेयर्स कप २०८१ को आफ्नो अन्तिम खेलमा कोशी प्रदेशले सान्त्वना जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा कोशीले आयोजक ललितपुर मेयर्स-११ लागि ६ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको ८९ रनको लक्ष्य कोशीले १८औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर भेटायो । कोशिका लागि ओपनर काजल […]

May 11, 2024

गिल र सुदर्शनको शतकसहित गुजरातको जित

एजेन्सी – ओपनरद्वय शुभमन गिल र साई सुदर्शनको शतकीय इनिङको मद्दतमा गुजरात टाईटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार चेन्नाई सुपर किंग्सलाई‌ सहजै हराएको छ। गुजरातले चेन्नाई माथि ३५ रनको सहज जित दर्ता गर्यो । अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले दुई खेलाडीको शतकको मद्दतमा ३ विकेटको क्षतिमा २ सय ३१ रन जोड्यो । […]

Success

Thank you for your time.