3 years ago
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक स्किब्स छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्किब्स समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । स्किब्सले युनिकलाई ५–४, द स्काइलार्कलाई ६–५ र इडेन ब्रिज एकेडेमी (इबीए) लाई ४–२ ले पराजित ग¥यो । इबीए पनि उपविजेता हुँदै सेमिफाइनलमा पुग्न सफल भयो ।
सेमिफाइनलमा इबीएको भेट एन्जल्स हार्टसंग हुनेछ भने स्किब्सले बसुन्धारा नेसनल एकेडेमी (बीएनए) विरुद्ध प्रतिस्पर्धा गर्ने छ । बसुन्धारास्थित आयोजक स्किब्सकै कोर्टमा भइरहेको प्रतियोगिताको सिनियर गल्र्समा निम्स ‘ए’, हिमालय, काष्ठमण्डप, निम्स ‘बी’, भ्याली पब्लिक, आर्या, स्किब्स र एनसीसीएसले क्वाटरफाइनलमा स्थान पक्का गरे ।
सिनियर ब्वाइजमा स्किब्स ‘ए’, निम्स ‘बी’, त्रिज्योति, एचएचसीए, बीएनए, सेन्ट जोसेफ, भ्याली पब्लिक, सेब, ओडिसी इन्टरनेसनल एकेडेमी, इबीए, स्काइलार्क, महामञ्जुश्री, निम्स ‘ए’, रेडिअन्ट, ग्रिनल्यान्ड र नेपाल मोडेल प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुण केसीले निर्णायकलाई बल हस्तान्तरण गरी एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ गरी जम्मा ५२ टिमको सहभागिता रहेको स्किब्सका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले जनाएका छन् ।
स्टाफको विधा पहिलो पटक समावेश गरिएको हो । स्टाफतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । बाँकीमा नगद पुरस्कार राखिएको छैन । फाइनल आइतबार हुने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]