3 years ago
June 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवास तामाङ र प्रतिमा शेर्पाले ओलम्पिक दिवस २०२२ को अवसरमा आयोजना भएको राष्ट्रिय गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

सुवासले पुरुषतर्फको २१ वर्षमुनि तथा प्रतिमा महिलामा च्याम्पियन बन्न सफल भएका हुन् । गोकर्ण गल्फ क्लबमा शुक्रबार अन्तिम दिन सुवासले ५ अन्डर ६७ को स्कोर गर्दै १८ अन्डर १९८ स्कोर गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी सद्भाव आचार्यले एक अन्डर २१५ को कुल स्कोरका लागि तीन ओभर ७५ रन बनाएर उपविजेता बने । उनले १६ वर्षमुनिको उमेर समूहको उपाधि जिते । शायन बस्न्यातले २३ ओभरमा २८६ स्कोरसहित यू–१६ मा उपविजेता बने ।

महिला गल्फमा आज प्रतिमा शेर्पाले तीन ओभर ७५ रन बनाएर कुल ९ ओभर २२५ स्कोरका साथ उपाधि जितिन् । कश्मिरा शाहले २३ ओभर २३९ को कुल स्कोरका साथ दोस्रो स्थान हासिल गरिन् । गल्स १६ वर्षमुनि आयस्टिना टण्डन कुल ३२१ अंकका साथ विजेता र सोनी तामाङ ३५५ अंकका साथ उपविजेता भइन् ।
नेपाल गल्फ संघले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, आर एन्ड एको सहयोगमा आयोजना गरेको ५४ होल प्रतियोगितामा १४ ब्वाइज र १५ गल्स गरी २९ गल्फरले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजयी खेलाडीलाई नेपाल गल्फ संघका अध्यक्ष टाशी घले, महासचिव सीबी भण्डारी, कोषाध्यक्ष किशन अग्रवाल र नेपाल ओलम्पिक कमिटीका सदस्य रमेशप्रसाद शिवाकोटीले ट्रफी प्रदान गरे ।

December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]