3 years ago
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका ईतिहास शरद चन्द शाहको आज बिहिबार राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ ।

ओलम्पिक डे का अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्त रुपमा पूर्व ओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्वर्गिय शाहले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन गर्नु भएको योगदानको सम्झना गर्दै विविध पक्षलाई समेटेर फोटो प्रदर्शनी गरेको हो ।
प्रदर्शनीको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमविच नेपालको झण्डोत्तोलनका साथै रिवन काटेर उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन सफल भएकोमा पूर्व सदस्य सचिव शरद चन्द्र शाह प्रति विशेष सम्मान र श्रद्धा ब्यक्त गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गरे ।
अहिले सम्म भएका सदस्य सचिवहरु मध्ये ऐतिहासिक कार्य गर्न सफल शाह आफ्नो पनि प्रेरणको श्रोत रहको भन्दै कसैको अवमुल्यन नभई पूर्व नेतृत्वले गरेका कामहरुलाई निरन्तरता प्रदान गर्ने र अपुग भएका कामलाई पूर्णता प्रदान गर्ने तर्फ पहल गर्नु पर्नेमा जोड दिए ।
शाहको फोटो प्रदर्शनले हिजोका दिनमा भएका कार्यहरुबाट नयाँ सोचको विकास गर्न मद्धत पुगेको उनले बताए । सदस्य सचिव घिसिङले खेलकुद सवैको साझा भएकाले यहाँ कुनै राजनैतिक स्वार्थ हुनु नहुने बताए ।
खेलकुद मात्र एक त्यस्तै क्षेत्रहो जसले सवैलाई एकै ठाउँमा बाँध्न सक्ने र विश्वमा नेपाल र नेपालीलाई पहिचान गराउन सक्ने भन्दै नेपाली खेलकुदको विकासमा प्रतिष्ठान संग हातेमालो गरेर अगाडी बढ्न सँधै तत्पर रहेको बताए । प्रदर्शनी पाँच दिन सम्म संचालन हुने कार्यक्रम रहेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]