3 years ago
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन लिगमा न्यु डायमन्ड पहिलो तथा परोपकार दोस्रो भएर फाइनलमा पुग्न सफल भएको हो ।

चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा न्यू डायमन्डले ब्राइट होराइजन चिल्ड्रेन होमलाई २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै अपराजित रहेर फाइनलमा स्थान पक्का गरेको हो । डायमन्डले राउन्ड रोविन लिगमा ३ खेलबाट ९ अंक जोड्यो ।
शुक्रबारै भएको अर्काे खेलमा परोपकार आदर्श माविले ज्ञान सुधा एकेडेमीलाई २५–२ र २५–२२ को सोझो सेटमा पारजित गर्दै फाइनलमा डायमन्डसँगको भेट पक्का ग¥यो । पहिलो सेटमा निकै कमजोर प्रदर्शन गरेको ज्ञान सुधाले दोस्रो सेटमा कडा चुनौती दिदै अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो ।
परोपकारले ३ खेलबाट ६ अंक जोड्यो । एक खेलमा जित निकालेको ज्ञान सुधा एकेडेमीले ३ तथा ब्राइट होराइजन चिल्ड्रेन होमले सबै खेलमा हार बेहोर्दै अंकको खाता खोल्न सकेनन् ।

अब शनिबार उपाधिका लागि न्यू डायमन्ड र परोपकार तथा तेस्रो स्थानको लागि ज्ञान सुधा र ब्राइट होराइजनबीच प्रतिस्पर्धा हुनेछ । न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा न्यू डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा एकेडेमी र ब्राइट होराइजन चिल्ड्रेन होम गरी चार टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले २५ हजार र तेस्रोले १५ हजार रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । चौथो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन् । सर्वाेत्कृष्टले तीन हजार रुपैयासहित ट्रफी प्राप्त गर्नेछन् । व्यक्तिगत विधाको उत्कृष्टहरुले समान १ हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]