3 years ago
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज सुपर लिग (सिएसएल) फुटबल खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडिले गर्ने भएको छ ।

पहिले चाईनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग (सिएसएल) को नामबाट हँदै आइरहेको छ । सिएसलको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षण को केन्द्रको रुपमा लिइन्छ । यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडी ओस्कार, सर्जिन्हो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सनजस्ता विश्वस्तरीय खेलाडीहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन् ।
एक्सन स्पोर्ट्स एचडिले यसअघि स्पेनिस ला लिगाको पनि नेपालमा प्रत्यक्ष प्रसारण गरेको थियो । सिएसएल गोन्झोउले सर्वाधिक ८ पटक जितेको छ । सानदोङ ताइसन अघिल्लो सिजनको च्याम्पियन क्लब हो ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]