3 years ago
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।
पहिलो दिन शुक्रबार जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो । शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए ।
४ सय मिटर हडल्समा आर्मीका राम प्रसाद थारुले ५५.९ सेकेन्डमा दुरी पार गर्दै पहिलो भए । आर्मीकै जीवन थारुले ५६.७ सेकेन्डसहित दोस्रो तथा मधेश प्रदेशका मुकेश ठाकुर ६५.१ सेकेन्डसहित तेस्रो भए ।

पुरुष ८ सय मिटरमा आर्मीका सोम बहादुर कुमालले स्वर्ण जिते । उनले निर्धारित दुरी १ मिनेट ५६.१५ सेकेन्डमा पुरा गरे । आर्मीकै सुनिल सुनारले १ मिनेट ५६.७२ सेकेन्डमा लुरी पार गर्दै रजत पदक जिते । पुलिसका तेज बहादुर कार्कीले १ मिनेट ५६.७९ सेकेन्डसहित तेस्रो भए ।
महिलातर्फ एपिएफकी फुलमती रानाले २ मिनेट १६.८ सेकेन्डसहित स्वर्ण जितिन् । कर्णाली प्रदेशकी राममाया बुढाले २ मिनेट २०.५ सेकेन्ड समय खर्चदै दोस्रो तथा आर्मीकी राधिका श्रेष्ठ २ मिनेट २७.७ सेकेन्डसहित तेस्रो भइन् ।
पुरुष लङजम्पमा एपिएफका सलिम दिवान पहिलो, एपिएफका शेर बहादुर विष्ट दोस्रो तथा लुम्विनी प्रदेशका सुदिप थारु तेस्रो भए । महिलामा आर्मीकी जयरानी थारु पहिलो, शिला चौधरी दोस्रो तथा पुलिसकी सिमा चौधरी तेस्रो भइन् ।
२ सय मिटर पुरुषमा एपिएफका शिवराज पार्की पहिलो, कर्णालीका डिल्ली भण्डारी दोस्रो तथा एपिएफका आशिष चौधरी तेस्रो भए । महिलामा आर्मीकी सरस्वती चौधरी पहिलो, एपिएफकी रमिता कुमारी थारु दोस्रो तथा लुजला अमात्य तेस्रो भइन् ।
ज्याभलिन थ्रो महिलामा पुलिसकी चन्द्रकला लामगाँदे पहिलो, आर्मीकी लक्ष्मी थारु दोस्रो तथा एपिएफकी सिमा थारु तेस्रो भइन् । पुरुषमा आर्मीका रोहित चौधरी पहिलो, सुदुरपश्चिमका रमेश पोख्रेल दोस्रो तथा लुम्विनी प्रदेशका सौरव थारु तेस्रो भए ।
४ वाई १ सय मिटर रिले पुरुष्मा एपिएफका शिवराज पार्की, युवराव विक, आशिष चौधरी र निर प्रताप महतोको टोली पहिलो भयो । आर्मीका जीवन थारु, शिव खड्का, विवश थारु र आनन्ददवेक चौधरीले टोली दोस्रो भयो । बागमती प्रदेशका गौरव मोक्तान, शंखर उप्रेती, भुवन महतो र सुदिप दराईको टोली तेस्रो भयो ।
महिलामा आर्मीकी सरस्वती चौधरी, रमिला थारु, जयरानी थारु र निर्मला थापाको टोली पहिलो भयो । एपिएफकी रमिता कुमारी थारु, भागरति कुमारी थारु, शिला चौधरी र सिमा चौधरीको टोली दोस्रो तथा बागमतीकी लुजला अमात्य, स्वागता खाइजु, रजिन दुलाल र प्रकृति सुवालको टोली तेस्रो भयो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]