3 years ago
June 26, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले वर्ष उत्कृष्ट पुरुष र महिला, उदीयमान खेलाडी र प्रशिक्षक विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।तीमध्ये वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का लन टेनिस) रहेका छन् । प्रदीप अघिल्लो संस्करणमा पनि मनोनयनमा परेका थिए ।
यस्तै वर्ष खेलाडी महिलामा अरुणा शाही (भलिबल), मनिषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते) परेका छन् । महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा दोस्रो संस्करणकी वर्ष खेलाडी महिला हुन् । अरुणाको कप्तानीमा नेपालले लगातार दोस्रोपटक एभीसी एसियन सेन्ट्रल जोनको उपाधि जित्न सफल भएको छ । सेन्ट्रल जोन गत वर्ष बंगलादेशमा भएको थियो । उनी नेपाललाई लगातार दोस्रोपटक च्याम्पियन बनाउने कप्तान हुन्
सुदुरपश्चिमकी मनिषाले पछिल्लोसमय गण्डकी प्रदेशबाट खेल्दै आएकी छिन् । यू–१९ टोलीको कप्तान मनिषाले विश्वकप छनोटमा राम्रो प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान बनाइसकेका छन् । तर, उनले सिनियर टोलीबाट खेल्न पाएका छैनन् । उनकै कप्तानीमा गण्डकीले गत वर्ष धनगढीमा सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगिता जितेको थियो । जुन गण्डकी प्रदेशले क्रिकेटमा पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धि हो ।

उदियमानतर्फ दर्शिल श्रेष्ठ (लन टेनिस), श्रृष्टि जैसी (क्रिकेट) र साहिल लिम्बु (बक्सिङ) तथा उत्कृष्ट प्रशिक्षक विधामा रिजन प्रजू (क्रिकेट), रेकमाया गुरुङ (तेक्वान्दो) र निरज थापा –लन टेनिस) परेका छन् ।
तीमध्ये एक जनालाई असार १८ मा पोखरा सभागृहमा हुने समारोहमा अवार्ड वितरण गरिनेछ । खेलाडी छनोट समिति संयोजकमा विनोद लामिछाने रहेका छन् । सह संयोजकमा सन्देश श्रेष्ठ र सदस्य विजय नेपाल छन् । वर्ष खेलाडी पुरुष र महिला विधामा अवार्ड प्राप्त गर्ने खेलाडीले इलेक्ट्रिक स्कुटर प्राप्त गर्नेछन् ।
उदियमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकले जनही ३५ हजार साथमा अवार्ड प्राप्त गर्ने प्रचार संयोजक एवं मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिए । मञ्चले वितरण गर्ने कुल ७ विधामध्ये लाइफटाइम अचिमभेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेलकुद पत्रकार विधाको नाम पछि सार्वजनिक गर्ने मञ्च अध्यक्ष दीननाथ बरालले बताए ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]