3 years ago
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युथ क्लब यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित ग¥यो । सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा ग¥यो ।
राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाए । जवाफमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउदै मात्र ३९ रनमा खुम्चियो । बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ अनिश साह कानुले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए । राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले २–२ ब्याट्सम्यानलाई पभेलियन फर्काए ।
उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासंग खेल्ने छ । जिएचसीए र नेक्ससबीचको सेमिफाइनल आइतबारै हुनु पर्नेमा वर्षाका कारण मैदान भिजेपछि सम्भव भएन । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिताको अर्को सेमिफाइनल सोमबार हुने छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]