default_image

3 years ago

June 27, 2022

बागमती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिदेखि

398 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारेदेखि शुरु हुने भएको छ ।

आयोजकमध्येको न्यू डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता मंगलबारदेखि शनिबारसम्म कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा हुनेछ ।

प्रतियोगितामा न्यू डायमन्ड स्पोर्टस् क्लबसँगै दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबसँगै परोपकार आदर्श माध्यविक विद्यालय काठमाडौं गरी चार टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता संयोजक कुमार राईले प्रतियोगितामा ५ टोलीको सहभागिता रहने भनिएपनि आर्मीले आफ्नो कारण देखाउँदै प्रतियोगितामा सहभागिता नजाउने भएपछि चार टोलीबीच नै प्रतिस्पर्धा हुने भएको जानकारी गराए ।

खेलहरु राउन्ड रोविन लिगको आधारमा हुनेछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । तेस्रो र चौथो हुनेले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन्् । दोस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र गर्नेछन् । तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र तथा चौथो हुनेले ७५ हजार रुपैया र प्रमाणपत्र गर्नेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र हात पार्नेछन् । अन्य विधागत उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान १० हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य उद्देश्य न्यू डायमन्ड स्पोर्ट्स क्लबको आफ्नै भलिबल कोर्ट निर्माण सहयोगार्थ रहेकाले पुरस्कार बापतको २० प्रतिशत दिनुपर्नेछ ।

यस प्रतियोगिताको अनुमानित बजेट ४० लाख रुपैया रहेकोमा प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशले २० लाख र बाँकी २० लाख न्यु डायमन्ड स्पोर्ट्स क्लबले बेहोर्नेछ । टिकटको कुनै व्यवस्था नगरिएको र त्यहीबाट सहयोग रकम उठाउने आयोजकले जनाएको छ ।

December 16, 2025

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दाको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]

December 15, 2025

सिटीको जितमा हालान्डको २ गोल

एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

Success

Thank you for your time.