3 years ago
July 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा रोयलले टाइम्सलाई ६६–५६ ले पराजित गर्दै समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । लगातार तीन खेलमा जित आत्मासात् गरेको रोयलका निकेश मगरले १६ अंक जोडे । पराजयका बावजुद उपविजेता बन्दै टाइम्स पनि सेमिफाइनलमा पुग्न सफल भयो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा यसअघि नै सेमिफाइनलमा पुगेको कीर्तिपुरले विशाल मिलन केन्द्र (बीएमके) लाई ५९–४३ ले हराउदै समूह ‘बी’ को विजेता भयो ।
कीर्तिपुरले लगातार चौथो जित निकालेको हो । कीर्तिपुरका आशिष महर्जनले १८ स्कोर गरे । गोल्डेनगेटले बलर्स एकेडेमीलाई ७५–४२ ले पन्छायो । गोल्डेनगेटका प्रनित श्रेष्ठले १७ अंक बटुले । अब सेमिफाइनल पुग्ने एक टिमको मात्र टुंगो लाग्न बाँकी छ ।
आइतबार हुने गोल्डेनगेट र बीएमकेबीचको खेलले सेमिफाइनल पुग्ने अन्तिम टिमको टुंगो लाग्ने छ । उक्त खेलमा जित हात पार्ने टिम सेमिफाइनल पुग्ने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]