default_image

3 years ago

July 3, 2022

गोल्डेनगेट सेमिफाइनलमा

282 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बीएमके) लाई ७२–६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । गोल्डेनगेटका अभिषेक सिंहले २९ अंक जोडे । रोयल, टाइम्स र कीर्तिपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार हुने सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसंग हुनेछ भने टाइम्सले कीर्तिपुरको सामना गर्ने छ ।

दुई अर्थहीन खेलमा बलर्स एकेडेमीले आईएसए नेपाललाई ७३–६७ तथा जेभियरले मेरिलियोनलाई ५९–४९ ले हराए । बलर्सका आलोक क्षेत्रीले १३ तथा जेभियरका आभाष गुरुङले १२ स्कोर गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.