3 years ago
July 4, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ऋत एकेडेमीको आयोजनामा ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजमा ८० र गल्र्समा १६ गरी ९६ टिमको सहभागिता रहने ऋत एकेडेमीका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ लामाले जनाएका छन् ।
ब्वाइज-गल्र्समा समान नगद पुरस्कार राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाउने छन् । त्यस बाहेक ब्वाइज-गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पर्ने प्रत्येक टोलीका खेलाडीलाई छात्रवृत्ति पनि प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत लामाले जानकारी दिए ।
ऋतमा प्लस २ अध्ययन गर्न इच्छुकलाई ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई पनि सो बराबरको छात्रवृत्ति प्रदान गरिने आयोजकले जनाएको छ । नकआउट आधारमा हुने दुईदिने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित आयोजक ऋतको आफ्नै बास्केटबल कोर्टमा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]