default_image

3 years ago

July 5, 2022

एसिया प्यासिफिकमा एसइइ बास्केटबल

225 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिया प्यासिफिक कलेजको आयोजनामा प्रथम एसिया प्यासिफक एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।

प्रतियोगिताको ब्वाइजमा २४ तथा गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने एसिया प्यासिफिकका प्रिन्सिपल रमेश घिमिरेले जनाएका छन् । खेल लिग कम नकआउट आधारमा हुनेछ ।

प्रिन्सिपल घिमिरेले विद्यार्थीहरुमा अन्तरनिहित सम्पूर्ण क्षमताको सर्वाङ्गिन विकास र प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । पहिलो र दोश्रो हुने टोलीका खेलाडीलाई प्लस २ अध्ययन गर्न चाहेमा ७५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गर्ने आयोजकले जनाएको छ ।

तीनदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.