default_image

3 years ago

July 5, 2022

रोयललाई यु–२३ बास्केटबल उपाधि

230 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रोयल सेन्ट्रल स्पोर्ट्सले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम यु–२३ पुरुष बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको फाइनलमा रोयलले टाइम्सलाई ६६–५७ ले पराजित गरी उपाधिसंगै १ लाख नगद पुरस्कार जित्यो । दोश्रो भएको टाइम्सले ५० हजार नगदमा चित्त बुझायो । रोयलका निकेश रखाल मगरले २२ स्कोर गरे ।

रोयलले पहिलो क्वाटरमा २३–१८ को अग्रता लियो । दोस्रो क्वाटरमा २२–१६ को अग्रता लिएको रोयल तेश्रोमा ८–१० ले पछि परेको थियो । चौथो तथा अन्तिम क्वाटर १३–१३ को बराबरीमा टुंगियो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा रोयलका निकेश ‘मोस्ट भेलुएबल प्लेयर’ तथा टाइम्सका श्रेयश शाह उदीयमान खेलाडी घोषित भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठ, पूर्व क्रिकेटर शक्ति गौचन, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रव्यापी खेलकुदमा विभिन्न ८ खेलमा प्रतिस्पर्धा भएको थियो । बास्केटबलको प्रतियोगिता अन्तिम हो । ७१ औं मदन जयन्तीका अवसरमा आयोजित राष्ट्रव्यापी खेलकुदमा यसअघि क्रिकेट, भलिबल, फुलकन्ट्याक्ट कराते, तेक्वान्दो, रिङ रेस्लिङ र बुद्धिचाल सम्पन्न भइसकेको छ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.