3 years ago
July 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यु जेनिथ र ग्रान्डी स्पोर्ट्स एकेडेमीले ऋत एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । न्यु जेनिथ ब्वाइज तथा ग्रान्डी गल्समा च्याम्पियन बनेको हो ।

बसुन्धारास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा न्यु जेनिथले इन्साइट भिजनलाई १३–८ ले पराजित ग¥यो । न्यु जेनिथको जितमा सुसन मगरले ७ अंक योगदान गरे । आयोजक ऋतले एन्जल्स हार्टलाई १४–१२ ले हराउदै तेश्रो भयो ।
गल्सको उपाधि भिडन्तमा समिरा घिसिङको ४ अंक सहयोगमा ग्रान्डीले एसिया प्यासिफिकलाई ११–५ ले पाखा लगायो । युनिकले बलर्स एकेडेमीमाथि ८–५ को जित दर्ता गर्दै तेश्रो स्थानमा रह्यो ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः ७ हजार, ५ हजार र ३ हजार ५ सय नगद पुरस्कार पाए । शीर्ष तीन स्थान हात पार्ने टोलीका खेलाडीलाई ऋतमा प्लस २ अध्ययन गर्न चाहे ३० प्रतिशत छात्रवृत्ति प्रदान गरिने ऋतका सिइओ सिद्धार्थ लामाले जनाएका छन् । ऋतमा विज्ञान, मानविकी, कानून, व्यवस्थापन र ललित कलाको पढाई हुन्छ ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुसन र समिरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, ऋतका प्रिन्सिपल आनन्दकुमार यादव, ऋतका को–ओर्डिनेटर खेमनाथ पौडेल, उप प्राध्यापक डा. चन्द्रमान श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने नकआउट प्रतियोगिताको ब्वाइजमा ८४ तथा गल्र्समा १६ गरी ९० टिम सहभागी थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]