default_image

3 years ago

July 9, 2022

हाम्रो फुटसललाई एनएफपिजे फुटसल उपाधि

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हाम्रो फुटसल टोलीले एनएफपिजे मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौंमा शनिबार भएको एक दिने प्रतियोगितामा फोटो पत्रकार संघ धादिङलाई ४–२ ले पराजित गर्दै हाम्रो फुटसलले उपाधि हात पारेको हो ।

काठमाडौं सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलको फुटसल मैदानमा हाम्रो फुटसललाई च्याम्पियन बनाउन फाइनलमा बासु अवाल र आशिष पुडासैनीले समान दुई गोल गरे ।

उपाधिसँगै हाम्रो फुटसलले शिल्ड मेडल र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको धादिङ र तेस्रो भएको तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले मेडल र प्रमाणपत्र हात पारेको छ ।

हाम्रो फुटसलका बासु अवाल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा धादिङका श्री कृष्ण भण्डारी उत्कृष्ट गोलरक्षक चुनिए । उनीहरु दुवैले मेडल र प्रमाणपत्र हात पारे । विजयी टोली तथा खेलाडीलाई संघका अध्यक्ष प्रदीप राज वन्त लगायतले पुरस्कृत गरे ।

राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नेपालले आफ्नो २५औं वर्षको अवसर पारेर प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विभिन्न १२ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.