default_image

3 years ago

July 10, 2022

सुजितलाई तीन स्वर्ण

347 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको एथलेटिक्समा चितवनका सुजितकुमार महतोले आइतबार तीन स्वर्ण जितेका छन् ।

सुजितले छात्र १ सय मिटर दौड, लङजम्प र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको १ सय मिटर दौडको छात्रामा काभ्रेकी पूर्णिमा श्रेष्ठ पहिलो भइन् ।

४ सय मिटर दौडको छात्रमा चितवनका सुदिप महतो र छात्रामा काभ्रेकी देवकी गिरी, १ हजार ५ सय मिटर दौडको छात्रमा सिन्धुपाल्चोकका टीकाराम लोप्चन र छात्रामा सिन्धुपाल्चोककै अस्मिता भुजेल तथा सटपुटको छात्रमा चितवनका दीपेश महतो र छात्रामा काभ्रेकी बन्दना दनुवारले स्वर्ण जिते ।

प्रतियोगिताको बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा बागमति प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, संघीय सांसद तुलसा थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, आयोजक बागमति प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीलगायतको उपस्थिति थियो ।

प्रतियोगितामा एथलेटिक्ससहित भलिबल, कराते, तेक्वान्दो, उसु र कबड्डी गरी ६ खेल समावेश छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.