3 years ago
August 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उमेर समूहको एथलेटिक्स खेलाडीलाई लक्षित गर्दै काठमाडौंमा प्लस टू ५ के रन हुने भएको छ ।

एथलेटिक्समा उदियमान खेलाडी उत्पादन गर्ने र स्कुल कलेजमा रहेका प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित कखरा इभेन्टको आयोजना र एथलेटिक्स परिवार नेपालबाट सञ्चालन हुने रन १८ भदौंमा हुनेछ ।
प्रतियोगितामा २० वर्ष मुनिका युवा खेलाडीले सहभागिता जनाउन पाउने एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।
छात्र र छात्रा दुवै विधामा आयोजना हुने प्लस टू रनको विजेतालाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई १५ हजार र चौथो हुनेलाई १० हजार, पाँचौ हुनेलाई ५ हजार र छैटौदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही १ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुने खेलाडीलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्लस टू रनमा करिब १ हजार विद्यार्थीले सहभागीता जनाउने आयोजकले विश्वास लिएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]