3 years ago
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बासडर बनाएको छ ।

सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदिप छत्कुलीबीच सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको छ । सम्झौता अनुसार लनर्सले सुमनलाई १ वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्नेछ ।
कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गरिमा अभिबृद्धि गर्ने खेलाडीलाई ब्रान्ड एम्बासडर बनाउन पाउँदा गर्वको अनुभुति भएको बताउदै निजी क्षेत्रबाट पनि खेलाडीलाई प्रोत्साहन गर्ने कार्य हुनु पर्नेमा जोड दिए । प्रबन्ध निर्देशक छत्कुलीले सुमनको लगशीलता र देशलाई दिलाएको उपलब्धीका कारण पहिलो पटकलाई १ वर्षका लागि ब्रान्ड एम्बासडरमा अनुबन्ध गरेको जानकारी गराए ।
सुमनले खेलकुद र खेलाडीको महत्व बुझेर ब्रान्ड एम्बासडर बनाएकोमा लनर्स परिवारलाई धन्यवाद दिदै लनर्सको प्रवद्र्धनमा आफूले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता जनाए ।
सुमनले बंगलादेशमा भएको तेश्रो कन्टिनेन्टल एसियाली करातेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय करातेमा स्वर्ण, भारतमा भएको छैटौं एसियाली गोजुरियो करातेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो करातेमा कांस्य, जर्मनीमा भएको चेम्निज ओपन करातेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातमा स्वर्ण जितेका थिए ।
एसियाली गोजुरियो कराते महासंघका रेफ्री सुमनले युरोपिन कारते जज इङल्यान्ड (डब्लुयुएमएफ) बाट उत्तीर्ण गरेको जनाइएको छ ।
पुतलीसडकमा ७ वर्षअघि स्थापना भएको लनर्सले अस्ट्रेलिया, क्यानाडा र युरोपमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि परामर्शदाता र अन्य आवश्यक कार्यमा सहयोग गर्दै आएको छ ।
प्रबन्ध निर्देशक छत्कुलीले खेलकुद सम्बन्धी अध्ययन गर्न र उच्च शिक्षा हासिल गर्न विदेश जाने अन्तर्राष्ट्रिय खेलाडीलाई निशुल्क परमार्शका साथै लागतमा विशेष छुट दिने बताए ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]