3 years ago
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बौद्ध इन्टरनेसनल स्कुल पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

अत्तरखेलस्थित घरेलु कोर्टमा बौद्धले मेरिडियन इन्टरनेसनल स्कुललाई २५–१४ ले पराजित ग¥यो । विजेताकी सब्रिना पन्तले १५ अंक जोडिन् ।
गल्र्समै निस्ट, चाँदबाग र डाफोडिलले पनि सेमिफाइनल यात्रा तय गरे । निस्टले निसर्ग वाटिकालाई ३२–१३ ले हरायो । निस्टकी पुर्णिमा बरालले १० अंक जोडिन् । चाँदबागले भेनसलाई २४–११ ले पाखा लगायो । चाँदबागकी अन्सु गुरुङले ८ स्कोर गरिन् ।
डाफोडिलले विद्यासंस्कारमाथि ३५–३४ को कठिन जित दर्ता ग¥यो । डाफोडिलकी उर्जा मगरले १४ अंक जोडिन् । सेमिफाइनलमा निस्टले बौद्ध तथा चाँदबागले डाफोडिल विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।
ब्वाइजको सेमिफाइनल नेमोनिक र युरो तथा प्रिमियर र बुद्ध एकेडेमीबीच हुने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]