3 years ago
August 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सफ्ट टेनिस संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीलाई लक्षित गरी ५ प्रदेश र २ विभागीय टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा एपीएफ क्लब र नेपाल प्रहरी क्लबलाई खेल सामाग्री प्रदान गरिएको हो ।
विश्व सफ्ट टेनिस महासंघका अध्यक्ष समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाहले एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे ।
सोही अवसरमा पूर्व सफ्ट टेनिस खेलाडी एवं आईएसटीएफका निर्देशक अशोक सिंहलाई एसएसपीबाट डिआईजीमा बढुवा भएकोमा सम्मान गरिएको थियो ।

November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]