3 years ago
August 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेमोनिक र बुद्ध ऐकडेमी पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

अत्तरखेलस्थित आयोजक बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) को हलमा भएको प्रतिस्पर्धामा नेमोनिकले युरोलाई ६८–३७ ले हरायो । नेमोनिकको जितमा प्रवेश तामाङले ३८ अंक योगदान गरे । निरन लामाको १७ अंक सहयोगमा बुद्धले प्रिमियरललाई ५३–४२ ले हरायो ।
गल्र्समा निस्ट र डाफोडिलले उपाधि भिडन्त पक्का गरे । निस्टले आयोजक बीआईएसमाथि ३०–२९ को कठिन जित दर्ता ग¥यो । निस्टकी पुर्णिमा बरालले १६ अंक जोडिन् । डाफोडिलले द चाँदबाग स्कुललाई २७–२४ को साँघुरो अन्तरले पाखा लगायो । विजेताकी दावा फुटी शेर्पाले १० स्कोर गरिन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]