3 years ago
August 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल र गोल्डेनगेट प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

रोयलले आयोजक नखिपोट युथ क्लब ‘ए’ लाई १०५–२७ ले पराजित ग¥यो । रोयलका निकेश मगरले २७ स्कोर गरे । रोयल सबै क्वाटरमा हावी रह्यो । रोयलले पहिलोमा २७–११, दोश्रोमा २६–४, तेश्रोमा २४–६ र चौथोमा २८–६ अंक जोड्यो ।
गोल्डेनगेटले आईएसए नेपाललाई ६८–५५ ले हरायो । गोल्डेनगेटका अभिषेक सिंहले २३ अंक जोडे । पहिलो क्वाटरमा २३–१४ को अग्रता लिएको गोल्डेनगेट दोश्रोमा १६–१७ र तेश्रोमा १२–१४ को सामान्य अन्तरले पछि प¥यो । गोल्डेनलगेट चौथोमा १७–१० ले अगाडि रह्यो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]