3 years ago
August 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड माविको आयोजनामा १५ औं क्विक्स-ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३९ टिमको सहभागिता रहने आयोजक ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गल्र्समा ९ टिमको सहभागिता रहने छ । खेल लिग कम नकआउट आधारमा हुनेछ । २०६० सालदेखि सुरु भएको प्रतियोगिताको दुई संस्करण कोभिडका कारण भएन ।
सिजी ग्रुपको क्विक्स चिजबलले सुरुको संस्करणदेखि नै प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएको ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेले जानकारी गराए । भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।
November 1, 2025
एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]
October 29, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]
October 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल बंगलादेशमा जारी काभा कप फर मेन्स भलिबल च्याम्पियनसिपमा चौथो हार बेहोरेको छ। श्रीलंकाले आज नेपाललाई ३-० को सोझो सेटमा हराएको छ। श्रीलंकाले नेपाललाई २५-१८, २५-१७,२५-२० हराएको हो। नेपालले ५ मध्ये ४ खेलमा पराजित हुँदै ढाकामा जारी च्याम्पियनसिपबाट बाहिरिएको छ। हरि हजुर थापाको कप्तानीमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को […]