2 years ago
August 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई […]
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।
बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग¥यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई १९–१७ ले हरायो ।
जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१५ ले पाखा लगायो । सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल, सिनियर गल्र्समा काष्ठमण्डपकी राजभी श्रेष्ठ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका स्पर्श अधिकारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा महामञ्जुश्री तथा जुनियर ब्वाइजमा ओरेकल रे एकेडेमी अनुशासित टिम चुनिए । विजेतालाई नागर्जुन नगरपालिका वडा ४ का अध्यक्ष लक्ष्मी शर्मा, ग्रिनफिल्ड एडुकेसन फाउन्डेसनका अध्यक्ष खडकबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
आठदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
April 19, 2024
मस्कट (हाम्रो खेलकुद) – एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो सेमिफाइनलमा यूएईलाई १ सय २० रनको सामान्य लक्ष्य दिएको छ । अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । शीर्षक्रमले संघर्ष गर्दा नेपालले तल्लोक्रमका ब्याटरको सहयोगमा २० ओभरमा ९ विकेट गुमाएर १ सय १९ रन जोड्यो । […]
April 16, 2024
मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]
April 10, 2024
सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]