3 years ago
August 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक पोखरा क्लबले माल्दिभ्समा तिजको अवसरमा आयोजना भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार राति भएको फाइनलमा फुलबारी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पोखराले उपाधि जितेको हो । उपाधि जित्ने क्रममा पोखराले फुलबारीलाई २५–२१, २५–२३ र २५–२१ ले पराजित गरेको हो ।
प्रतियोगितामा ४ टोली पोखरासँगै फुलबारी, पर्वत क्लब र एयरपोर्ट टिमको सहभागिता रहेको थियो । चार टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेको आयोजकका विकास गुरुङले जानकारी गराए ।
विकास पोखराको टिमका खेलाडी समेत हुन् । उपाधिसँगै पोखराले ८ सय अमेरिकी डलर प्राप्त गरेको छ ।
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]