3 years ago
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) र स्किब्सले १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा इबीएले लालीगुराँसलाई २०–१८ ले पराजित ग¥यो । इबीएको जितमा निखिल शाहीले १४ अंक योगदान गरे । अनुज लिम्बूको ९ अंक सहयोगमा स्किब्सले ग्रिनफिल्डलाई १७–१६ ले हरायो ।
जुनियर ब्वाइजमै भ्याली पब्लिकले ओडिसीलाई ४२–११ ले पाखा लगायो । विजेताका विशाल परियारले १४ अंक जोडे । बीएनएले लक्ष्मीपुरमाथि २३–११ को जित निकाल्यो । बीएनएका एलेक्स गुरुङले ११ स्कोर गरे ।
सिनियर गल्र्समा ग्रिनल्यान्ड ‘ए’ ले लालीगुराँसलाई २५–१५, बीएनएले ग्रिनल्यान्ड ‘बी’ लाई १८–११ र भ्याली पब्लिकले फेरिल्यान्डलाई ३५–२२ ले पन्छाए । ग्रिनल्यान्ड ‘ए’ का परी गुरुङ र समिक्षा थापाले ११–११, बीएनएकी सुप्रिया थापा मगरले ९ तथा भ्याली पब्लिकका मुस्कान गुरुङ र एन्जल गुप्ताले ११–११ स्कोर गरे ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले ग्रिनफिल्डलाई ५३–३० तथा ग्रिनल्यान्ड ‘बी’ ले फेरिल्यान्डलाई ३०–२० ले पराजित गरे । भ्याली पब्लिकका छिरिङ लामा र इश्वर लामाले १९–१९ तथा ग्रिनल्यान्ड ‘बी’ का साश्वत थापाले १३ अंक बटुले ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]