3 years ago
August 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् ।

दि नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् ।
उनी फ्रान्सकै ब्लेन्डिन ल हिरोन्डेलीसँग पछि परिन् । उनले ११ घण्टा ४४ मिनेट ५५ सेकेन्डमा निर्धारित दुरी पार गरिन् । अमेरिकाकी अबी हलले निर्धारित दुरी १२ घण्टा १२ मिनेट ५६ सेकेन्डमा पुरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।
गतवर्ष थाइल्याण्डमा भएको यूटीउमबीमा पहिलो भएपछि उनले विश्व च्याम्पियनसिपको मान्यता पाएको यस अल्ट्रा दौडमा छनोट भएकी थिइन् ।
विश्वको कठिन दौडमा सबै विधामा गरि २५ सय भन्दा बढी खेलाडी सहभागी हुने गर्छन् । त्यसअघि सुनमायाले सन् २०१७ मा पनि मोन्ट ब्लांक ८० किमि दोडमा सहभागिता जनाउँदा सातौं स्थान हासिल गरेकी थिइन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]