default_image

2 years ago

September 8, 2022

राष्ट्रव्यापी कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । कुल […]

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।

कुल पुरस्कार राशी १ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

April 22, 2024

जापानमा घनश्याम सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानबाट खेलेका गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरी नवौँ सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । घनश्यामले आफ्नो टोली गल्कोट स्पोर्ट्स क्लबलाई च्याम्पियन बनाउन सान्दर प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै घनश्यामले ट्रफीसँगै सम्मान पत्र प्राप्त गरे । […]

April 22, 2024

गल्कोटलाई नवौं सिल्भर रनिङ कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल टोलीका सदस्य घनश्याम चौधरीसम्मिलित गल्कोट स्पोर्ट्स क्लब जापान टाेकियाेले नवौं सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२४ को उपाधि जितेको छ । सिन्जुकु कोस्मिक स्पोर्ट्स सेन्टरमा सोमबार भएको फाइनलमा गल्कोट समाज जापानलाई २–० को सोझो सेटमा पराजित गर्दै गल्कोट स्पोर्ट्स क्लबले उपाधि जित्न सफल भएको हो । […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

Success

Thank you for your time.