default_image

3 years ago

September 9, 2022

प्रिन्स सेमिफाइनलमा

330 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४० केजीमुनि शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोही स्पर्धामा मधेश प्रदेशका अंकितकुमार ठाकुर तथा बागमतीका निरोज दुधराज र अर्जुन भुजेलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल आईएफकेके संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ४५ केजीमुनि लुम्बिनी प्रदेशका दिनेशकुमार पत्थरकत, बागमतीका अनिल तामाङ, प्रदेश १ का विजय राई, मधेशका अनमोल माझी, बागमतीका सन्जिव बस्नेत, मधेशका महेन्द्र बोहरा र बागमती प्रभात तामाङ क्वाटरफाइनलमा पुग्न सफल भए ।

प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहको आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । कुल पुरस्कार राशि१ लाख ७५ हजार रुपैयाँ रहेको ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए ।

प्रत्येक स्पर्धामा शीर्ष चार स्थान हात पार्नेले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.