default_image

3 years ago

September 10, 2022

हरिले जिते काठमाडौं म्याराथन

393 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका धावक हरि कुमार रिमालले १४औं संस्करणको काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।

शनिबार भएको म्याराथनमा रिमालले निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नवौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाउने भएपछि हरिले प्रतिस्पर्धा गरेका थिए । जुनेश खड्काले २ घन्टा ४२ मिनेट ५९ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे । राजन चौधरीले २ घन्टा ५५ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

हाफ म्याराथनमा सुवास गुरुङ पहिलो भए । उनले निर्धारित दुरी १ घन्टा १५ मिनेट २१ सेकेन्डमा पुरा गरे । सिंगापुर पुलिसमा कार्यरत गुरुङ नेपालमा पहिलो पटक म्याराथनमा सहभागी भएका हुन् । उनी नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट ५ हजार र १० हजार मिटर दौडमा सहभागिता जनाउँदै छन् । नवराज बुढा दोस्रो तथा देवराज बस्नेत तेस्रो भए । नवराजले निर्धारित दुरी १ घन्टा २२ मिनेट २२ सेकेन्डमा तथा देवराजले २ घन्टा २५ मिनेट ४७ सेकेन्डमा पुरा गरे ।

महिलामा १ घन्टा २६ मिनेट ४० सेकेन्डमा दुरी पूरा गर्दै रेखा विष्ट पहिलो भइन् । १ घन्टा ४० मिनेट ५८ सेकेन्डमा दुरी पूरा गर्दै लक्ष्मी थापा दोस्रो भइन् । निलिमा रावतले २ घन्टा ५ मिनेट ५७ सकेन्डमा दुरी पूरा गर्दै तेस्रो भइन् । नवौं राष्ट्रिय खेलकुदका कारण यस पालीको काठमाडौं म्याराथनमा विभागसँगै चर्चित धावकले दौडिएनन् ।

३ किलोमिटर खुल्ला पुरुषमा राजेन्द्र तामाङले ११ मिनेट १७.३७ सेकेन्डमा दुरी पार गर्दै पहिलो भए । अभिशेष पाँचकोटी ११ मिनेट ३४.३७ सेकेन्डसहित दोस्रो तथा यमराज खत्रीले ११ मिनेट ४१.७५ सेकेन्डसहित तेस्रो भए ।

महिलामा अन्जु खड्का १४ मिनेट ०५.७ सेकेन्डसहित पहिलो भइन् । १५ मिनेट ५५.५ सेकेन्डसहित दोस्रो तथा श्रेवी महर्जन १८ मिनेट ५४.७ सेकेन्डसहित तेस्रो भइन् ।

३ किमि मास्टरमा धर्म महर्जनले १२ मिनेट ०१ सेकेन्डमा दुरी पार गर्दै पहिलो भए । मनिन महर्जनले १३.०८ सेकेन्डसहित दोस्रो तथा भीम बहादुर गुरुङ १३.३३ सेकेन्डसहित तेस्रो भए । महिलामा इमला प्रधान ३८.२५ सेकेन्डसहित पहिलो भइन् ।

ह्वील चियर पुरुषमा रामकाजी मिजार पहिलो, दीपक श्रेष्ठ दोस्रो र अर्जुन डुंगा तेस्रो भए । मसहलामा यमी झाक्री मगर पहिलो तथा लक्ष्मी घिमिरेले दोस्रो भइन् ।

३ किमि स्कुल ब्वाइजमा प्रविण लिम्बु पहिलो, छोयगल लामा दोस्रो तथा असमिन खत्री तेस्रो भए । महिलामा सरस्वती बोहोरो पहिलो, आयुषा आचार्य दोस्रो तथा भावना नाथ तेस्रो भइन् । म्याराथनको विजेता हरिले १ लाख, दोस्रो भएको जुनेश खड्काले ५० हजार र तेस्रो भएको राजन चौधरीले २५ हजार रुपैंया प्राप्त गरे ।

हाफ म्याराथनको महिला र पुरुषतर्फको दुवै विजेता समान ५० हजार, दोस्रोले २५ र तेस्रोले १० हजार रुपैंया जिते । खुल्ला र स्कुल स्पर्धामा पहिलो भएकाले समान १० हजार, दोस्रोले ५ हजार र तेस्रो भएकाले ३ हजार रुपैंया हात पारे । मास्टर्सतर्फ शीर्ष तीनमा आएकाले ५ हजारर, ३ हजार र २ हजार रुपैंया जिते । ३ किलोमिटर ह्विलचेयरको महिला र पुरुषको विजेताले समान ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार रुपैंया जिते ।

विजयी खेलाडी राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, काठमाडौं म्याराथनका संस्थापक अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले पुरस्कृत गरे ।

त्रिपुरेश्वरबाट सुरु भएको म्याराथन थापाथली, पुलचोक, जावलाखेल, लगनखेल, कोटेश्वर, सूर्यविनायक, पोटरी स्क्वायर, दरबार स्क्वायर, पुरानो ठिमी, पेप्सीकोला, जडिबुटी, कोटेश्वर, तीनकुने, गौशाला, सुकेधारा, नारायणगोपाल चोक, केशर महल, नारायणहिटी दरबारमार्ग, भद्रकाली, शहीदगेट हुँदै पुनः त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेर टुंगिएको थियो ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.