default_image

3 years ago

September 25, 2022

धर्मले लन्डन म्याराथन दौडने

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भेट्रान धावक धर्म महर्जनले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । विश्वको प्रतिष्ठित म्याराथन मध्येको एक लन्डन म्याराथनमा सहभागी हुन धर्म बुधबार त्यसतर्फ जाँदै छन् ।

धर्मलाई सफलताको शुभकामना दिदै एथलेटिक्सका पूर्व प्रमुख प्रशिक्षक मधुकरशमशेर राणा, भेट्रान धावक एवं गीतकार बुद्धवीर लामा, भेट्रान धावक पुष्पलाल श्रेष्ठलगायतले आइतबार एक कार्यक्रमबीच बिदाई गरे ।

विश्वकै अन्य प्रतिष्ठित बोस्टन म्याराथन र बर्लिन म्याराथन दौडिसकेका धर्म पहिलो पटक लन्डन म्याराथनमा सहभागी हुन लागेका हुन् । उनले ४५ वर्षमाथि उमेरसमूहमा प्रतिस्पर्धा गर्नेछन् ।

घरेलु म्याराथनमा उनको उत्कृष्ट टाइमिङ २ घण्टा ३५ मिनेट रहेको छ भने अन्तर्राष्ट्रिय म्याराथनमा उनको उत्कृष्ट प्रदर्शन २ घण्टा ४७ मिनेट हो ।

बर्लिन म्याराथनको टाइमिङका आधारमा लन्डन म्याराथनका लागि छनोट भएको धर्मले जनाएका छन् । धर्म एसियाली मास्टर्स एथलेटिकसको १० हजार मिटर दौडका कांस्य विजेता हुन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.