1 year ago
October 1, 2022
धनगढी (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनलमा कर्णाली प्रदेशलाई सडनडेथमा १०–९ ले हराउँदै लुम्विनीले उपाधि जितेको हो ।त्यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो । उपाधिसँगै […]
धनगढी (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार धनगढी रंगशालामा भएको फाइनलमा कर्णाली प्रदेशलाई सडनडेथमा १०–९ ले हराउँदै लुम्विनीले उपाधि जितेको हो ।त्यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो ।
उपाधिसँगै लुम्बिनी प्रदेशले नगद ५ लाखसहित ट्रफी मेडल प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले नगद ३ लाखसहित ट्रफी मेडल प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी भए । उनले नगद २० हजार पाए ।
यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए । उनीहरुले जनही दश दश हजार पाए । पिएफए स्पोर्ट्स क्लब अत्तरियाको आयोजनामा भएको थियो ।
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]
November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]