3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका मुकेश पालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष १५ सय मिटर दौडमा स्वर्ण जितेका छन् ।

मुकेशले एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । अन्तिम ल्यावसम्म दोस्रोमा रहेका मुकेशले सुरुवातमा नागेश्वरसँग पछि र त्यसपछि अजितसँग पछि परेपनि आफ्नो गति बढाउँदै स्वर्ण जित्न सफल भए ।
पहिलो भएका मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे । दोस्रो भएका अजितले ३ मिनेट ५३.११ सेकेन्डमा तथा तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६.४ सेकेन्डमा पुरा गरे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]