3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा लगातार दोस्रो जित निकाल्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा पुलिसले लुम्बिनीमाथि २५–१२, २५–८ र २५–२१ को सोझो सेटमा जित निकाल्यो ।
यस जितसँगै पुलिसले समूह ‘ए’ मा दुई खेलबाट ६ अंक जोड्यो । यो समूहमा कर्णाली र लुम्विनीले अंकको खाता खोल्न सकेको छैन । अब यि दुई टोलीमा सफलता आत पार्ने टोली समूह उपविजेताको रुपमा अघि बढ्नेछ ।
समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई २५–१२, २५–१९ र २५–२३ को सोेझो सेटमा जित निकालेर विजयी सुरुवात गरेको छ ।

यस्तै समूह ‘सी’ मा नेपाल एपिएफ क्लबले गैर आवासिय नेपाली संघ (एनआरएनए) लाई २५–१९, २५–१५ र २५–१३ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
पुरुषतर्फ शुक्रबारै बागमती प्रदेशलाई ३–१ को सेटमा हराएर गण्डकी प्रदेश समूह ‘डी’ को विजेता बनेको छ । हारका बावजुत बागमती पनि क्वाटरफाइनलमा पुगेको छ ।
पुरुष भलिबलमा ११ टिमले सहभागिता रहेको छ । सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’ मा त्रिभुवन आर्मी, प्रदेश १ र मधेस प्रदेश, समूह ‘सी’ मा एपीएफ, एनआरएनए र सुदूरपश्चिम तथा समूह ‘डी’ मा गण्डकी र वाग्मती प्रदेश छन् ।
लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछन् । तालिकाअनुसार समूह ‘डी’ मा दुई टिममात्र रहेकाले गण्डकी र वाग्मती सिधै क्वाटरफाइनल पुगेका छन् । दुवैले अब समूह विजेता बन्न प्रतिस्पर्धा गर्नेछन् । पुरुष भलिबलको फाइनल कात्तिक ३ मा हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]