3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फको स्वर्ण विभागीय त्रिभुवन आर्मी क्लबले जितेका छन् ।

पुरुषतर्फ राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण जितेका हुन् ।
बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० सेकेण्डमा दुरी पुरा गर्दै रजत र एपिएफका प्रचित थापा मगरले १ मिनेट ५५.६९ सेकेण्डमा उक्त दुरी पुरा गरि कास्य जिते ।
महिलातर्फ पनि सोही दुरी नेपाल आर्मीकी निस्मा श्रेष्ठले २ मिनेट २३.५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जितिन् । रजत पनि नेपाल आर्मीकै उषा खनालले जित्न सफल भइन् । खनालले २ मिनेट ३७.४५ सेकेण्डमा दुरी पुरा गरेकी थिइन् । त्यस्तै २ मिनेट ४०.०९ सेकेण्डमा दुरी पुरा गर्दै गण्डकी प्रदेशकी जमुना थापाले कास्य पदक जितिन् ।
साइक्लिङको डाउनहिलमा आर्मीले २ स्वर्ण, बागमती प्रदेश र आर्मीले समान १ रजत त्यस्तै गण्डकी प्रदेश र एफिएफले समान १ कास्य जित्न सफल भए ।
सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा रहेको छ । भोली (आइतबार) पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा क्रस कन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]