3 years ago
October 15, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलतर्फ विभागीय नेपाल पुलिस क्लबले दोहोरो जित निकालेको छ ।

पोखरा रगंशालामा आज शनिबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगितामा समुह ए तर्फ नेपाल पुलिस क्लबले प्रदेश १ लाई ६६–४४ स्कोरले पराजित गरेको छ । पुलिसलाई जिताउन दिप्सन केसीले सर्वाधिक १६ अंक जोडे ।
त्यस्तै समुह ए तर्फको दोस्रोे खेलमा त्रिभुवन आर्मी क्लवले लुम्बीनी प्रदेशलाई ७६–५३ स्कोरले पराजित गरेको छ । आर्मीलाई जिताउन अजय कुशवाल र निश्चल महर्जनले समान स्कोर १२, १२ पोइन्ट ल्याएका थिए ।
आजनै सम्पन्न समुह बि तर्फको खेलमा एपिएफले गण्डकीलाई ७०–६२ स्कोरले पराजित गरेको छ । एपिएफका मबिन्द्र भण्डारीले सर्वाधिक १८ अंक जोडे ।
समुह ए अन्तर्गत खेलको अकं तालिकामा त्रिभुवन आर्मी र नेपाल पुलिसले समान ४ अकंका साथ शिर्ष स्थानमा छन् । लुम्विनी २ अकंका साथ दोस्रो स्थानमा छ । बागमती र प्रदेश १ ले समान १ अंक जोडेका छन् ।
समुह ‘बी’ तर्फ सुदुर पश्चिम प्रदेश विजयी भएको छ । सुदुर पश्चिमले मधेश प्रदेशलाई ७४–५८ स्कोरले पराजित गरेको छ । सुदुर पश्चिमको अनुप रावतले सर्वाधिक स्कोर २० पोइन्ट जोड्न सफल भए ।
समुह बि अन्तर्गत खेलको अकं तालिकामा गण्डकी, र सुदुरपश्चिम प्रदेशले समान ३ अंकसहित शीर्षमा रहेका छन् । मधेश, कर्णाली र एपिएफले समान २ अंका जोडेका छन् ।

‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ए नेपाल पुलिस र शसस्त्र प्रहरी विजयी भएका छन् । पुलिसले प्रदेश नं १ लाई १९–१६ स्कोरले पराजित गरेको छ । भने दोस्रो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लवलाई १०–८ स्कोरले पराजित गरेको छ ।
त्यस्तै समुह बि तर्फको खेलमा बागमती प्रदेशले लुम्विनी प्रदेशलाई २१–१२ स्कोरले पराजित गरेको छ । त्यसैगरी दोस्रो खेलमा गण्डकीले सुदुर पश्चिम प्रदेशलाई २२–१२ स्कोरले पराजित गरेको छ ।
महिला बास्केटबल – बागमतीको जित
महिला बास्केटबल प्रतियोगितामा प्रदेश–१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ । शनिबार भएको खेलमा प्रदेश–१ लाई ७५–२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो । बागमतीले पहिलो क्वाटरमा १७–६, दोस्रो क्वाटरमा, २३–३, तेस्रो क्वाटरमा २२–८ र चौथो १३–९ को अग्रता लिदै फराकिलो जित निकाल्न सफल भयो । बागमतीकी विना मणि योञ्जनले सर्वाधिक १३ अंक बटुलिन् ।
महिला हक्की
महिला हक्की अन्र्तगत शनिबार भएको खेलमा विभागीय त्रिभुवन आर्मी क्लबले जित निकालेको छ । आर्मीले ८–० को गोल अन्तरले वागमतीलाई हराएको हो । आर्मीकी सुनिता नेगी र सरस्वती तामाङले समान दुई तथा सीतामाया बल, सीता कुमारी चौधरी, डम्बरा भट्ट र कमला चन्दले गोल गरिन् ।
सुटिङ
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय सुटिङ प्रतियोगिताको दोश्रो दिन शनिबार पुरुष व्यक्तिगत १० मिटर एयर राइफलमा आर्मीका नारायणसिंह दोङले ६००.५ अंक जोडेका छन् । प्रहरीका धनबहादुर विकले ५८६.१ तथा लुम्बिनीका अर्नव घिमिरेले ५७८.४ अंक बटुले ।
उक्त स्पर्धाको महिलामा बागमतीकी सुस्मिता नेपालले ६१३.५, आर्मीकी सिल्शा भण्डारी रायमाझीले ६१०.२ र मधेश प्रदेशकी निशा तामाङले ५९३ अंक बटुले । सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको पुरुष व्यक्तिगत १० मिटर एयर पेस्तोलमा बागमतीका कुँवेर केसीले ५४६, आर्मीका खेमराज ओलीले ५२८ र प्रहरीका अनिल ठकुरीले ५०१ अंक जोडे ।
सोही स्पर्धाको महिलामा आर्मीकी ज्योतिका दाहालले ५५५, लुम्बिनीकी कृष्णा थापाले ५४७ र बागमतीकी सविता बस्नेतले ५२९ अंक बटुले ।
टेनिस
राष्ट्रिय टेनिसको पुरुष टिम इभेन्टमा आर्मी र गण्डकी फाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित टेनिस कोर्टमा आर्मीले प्रहरीलाई २–१ तथा गण्डकीले एपीएफलाई ३–० को सेटमा पराजित गरे । महिला टिम इभेन्टमा आर्मी र एपीएफले स्वर्ण भिडन्त पक्का गरे । आर्मीले प्रहरीलाई २–१ तथा एपीएफले बागमतीलाई ३–० ले हराए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]