3 years ago
November 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपाल सितोरियो कराते डो संघ, स्वच्छन्द्र भैरव शाखा डोजोले प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

चितलाङको हात्तीसार माँझगाउँमा भएको प्रतियोगितामा स्वच्छन्द्र भैरवले ८ स्वर्ण, ४ रजत र १४ कांस्य जित्यो । ५ स्वर्ण, ७ रजत र १३ कांस्यसाथ गोजुरियो दोश्रो भयो । तेश्रो स्थानको वज्र बाराहीले ५ स्वर्ण, ७ रजत र ७ कांस्य हात पा¥यो ।
प्रतियोगिताको पुरुषमा स्वच्छन्द्र भैरवका सलिन गमाल तथा महिलामा वज्र बाराहीकी बबिता बलामी उत्कृष्ट खेलाडी घोषित भए । स्वच्छन्द्र भैरव अनुशासित टिम पनि ठहरियो ।
विजेतालाई थाहा नगरपालिकाका मेयर विष्णु विष्ट, उपमेयर भरत गोपाली, आयोजक डोजोका प्रमुख एवं प्रतियोगिता संयोजक रोशन बलामीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता आशिष थापा र कांस्य विजेता सुविन खत्रीलाई सम्मान गरिएको थियो । पदक विजेताद्वय थाहा नगरपालिकाका हुन् ।
एकदिने प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ८ गरी १८ स्पर्धामा ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]