3 years ago
November 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गत भदौमा निर्वाचित भएको नेपाल भलिबल संघको नयाँ कार्यसमितिले दुई वर्ष (वि.स. २०७९ र ०८०) को वार्षिक क्यालेन्डर एकैपल्ट सार्वजनिक गरेको छ ।

संघले बुधबार सार्वजनिक गरेको दुई वर्षको क्यालेन्डर अनुसार २०७८ भदौ २२ गते नै सम्झौता भएर आयोजना हुन नसकेको नेपाल सुपर लिग (एनएसएल) भलिबल आगामी फागुनमा सन्चालन गर्ने वार्षिक कार्यक्रममा उल्लेख छ ।
नेपाल भलिबल संघले महिला र पुरुष भलिबलको फ्रेन्चाईज लिग नेपाल सुपर लिग भलिबल आयोजना गर्न नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिकासँग १० वर्षको सम्झौता गरेको थियो । सम्झौता सन् २०३० सम्म रहेको छ ।
त्यतिबेला संघकी उपाध्यक्ष निरोज मास्के र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान–प्रदान गरे । सम्झौता अनुसार नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिले महिला र पुरुष दुवैको फ्रेन्चाइज लिग हरेक वर्ष आयोजना गर्नेछ । यही कम्पनीले फुटबलतर्फ नेपाल सुपर लिगको पहिलो संस्करण आयोजना गरिसकेको छ । दोस्रो संस्करण भने हुन सकेको छैन ।

वार्षिक कार्यक्रममा नेपालले अर्को महिना बंगलादेशको ढाकामा आयोजना हुने काभा यू२३ टोली र बंगलादेशकै कक्स बजारमा हुने सिनियरतर्फ महिला र पुरुष टोलीले सहभागितालाई समेटेको छ । काभा यू–२३ का लागि र बिच भलिबलका लागि खेलाडी छनोट भइरहेको छ ।
पुस २४ देखि माघ २ सम्म सातौं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप हुनेछ । २०८० बैशाखमा काभा अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग, २०८० जेठ ८–१८ मा सातौं एनभिए महिला तथा पुरुष क्लब लिग, २०७९–८० मा यू–१५ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितालाई वार्षिक कार्यक्रममा समेटेको छ ।
२०८० मा थ्री नेसन्स सिरिज, आठौं एनभिए क्लब च्याम्पियनसिप, १९औं एसियन गेम्स, ३४औं राष्ट्रिय पुरुष तथा २५औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता, छैटौं महिला तथा सातौं राष्ट्रिय पुरुष बिच भलिबल, महिला र पुरुषको समान एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको आयोजना गर्ने क्यालेण्डरमा उल्लेख गरिएको छ । २०८० मै आठौं एनभिए क्लब लिग, एनएसएल भलिबल र राष्ट्रिय रेफ्री कोर्ष सञ्चालन हुनेछ ।

December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने आइओएफटिसी नेपालले १५ औँ इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटिसी)को तयारी पूरा भएको जनाएको छ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शुक्रवार र शनिवार हुनेछ ।आइओएफटिसीका संस्थापक तथा निर्देशक संस्थापक दिवाकार महर्जनले इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सीपले २५ वर्षको यात्रा तय गरेको बताए । ‘सन् २००० मा पहिलो […]
December 15, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हराउँदै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको शीर्ष स्थानको आर्सनलसँगको अंक पुनः घटाएको छ। एर्लिङ हालान्डले २ र फिल फोडेनको गोलमा सिटीले जित निकालेको थियो। ४१औँ मिनेटमा माटेउस नुनेसको क्रसमा हालान्डले हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। यद्यपि, अघिल्लो सिजन एफए कप फाइनलमा सिटीलाई हराएको क्रिस्टल प्यालेसले खेलभरि […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]