3 years ago
November 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्किब्सले लोक आदर्शलाई ११–२ ले पराजित ग¥यो । स्किब्सका सोहन ठकुरीले ४ अंक जोडे । सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे ।
श्रृजनाका मिसन गोलेले ४, युनिकका सन्जित रिमालले ४ र रेडिअन्टका विदान कार्कीले ८ स्कोर गरे । सिनियर गल्र्समा लोक आदर्शले सनसाइनलाई ४–३ तथा डिफेन्डिङ च्याम्पियन निम्सले स्वर्णिमलाई १६–८ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
लोक आदर्शकी सम्मानिका ठकुरीले ३ तथा निम्सकी सरेना सुनवारले ६ अंक बटुले । सिनियर ब्वाइजमा ग्रिनफिल्डले विस्डमलाई ३९–८, काठमाडौं जेभियरले हेम्सलाई ३०–२८, डिफेन्डिङ च्याम्पियन निम्सले राइजिङ स्टारलाई ४१–६, एचएचसीएले स्वर्णिमलाई ३४–१५ र बौद्ध चिल्डेन हेभनले द एक्सेल्सियरलाई ३१–१० ले पन्छाए ।
विजेता सबै क्वाटरफाइनलमा पुग्न सफल भए । ग्रिनफिल्डका सशान्त कार्कीले २१, काठमाडौं जेभियरका सुजनले १२, निम्सका सरोज लामिछानेले ८, एचएचसीएका पवन मगरले ११ र बौद्ध चिल्ड्रेनका रशिम थापा मगरले १४ स्कोर गरे ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]